ad ad

खेल


ललितपुर क्विन्सद्वारा एभरेस्ट महिला भलिबलका लागि लोगो अनावरण

ललितपुर क्विन्सद्वारा एभरेस्ट महिला भलिबलका लागि लोगो अनावरण

नेपालखबर
भदौ १७, २०८१ सोमबार २०:४४, काठमाडौँ

आउँदो असोज १४ गतेदेखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा हुन गइरहेको एभरेस्ट महिला भलिबलमा ललितपुर क्विन्सले आफ्नो सहभागिता जनाउने स्पष्ट पारेको छ।

ललितपुर क्विन्स रुप्से स्पोट्सको स्वामित्वमा रहेको छ, र रुप्से स्पोर्ट्स रुप्से होलिडेजको सहायक कम्पनी हो।

नेपालमा पहिलो पल्ट आयोजना हुन गइरहेको फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले बलियो प्रस्तुति दिने लक्ष्यसहित उपस्थित जनाउन तयारी थालिसकेको जनाएको छ। सोही क्रममा क्लबले लोगो समेत अनावरण गरेको छ।

क्लबले नेपालकै उत्कृष्ट लिबेरो सलिना श्रेष्ठको कप्तानीमा केही विदेशी खेलाडीसहित टोली निर्माण गर्दैछ। यस्तै, प्रशिक्षक उत्सव खड्काको नेतृत्वमा टोली मैदानमा उत्रने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .