ad ad

राजनीति


कांग्रेस–एमाले भन्दा माओवादीलाई फरक देखाउने मौका आएको छ : वर्षमान

कांग्रेस–एमाले भन्दा माओवादीलाई फरक देखाउने मौका आएको छ : वर्षमान

नेपालखबर
भदौ १७, २०८१ सोमबार २१:३, नेपालगञ्ज

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन्।

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै पुनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए।

पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा बिचौलियाहरूको डिजाइनमा का‌ग्रेस–एमालेले रातारात समीकरण निर्माण गरेको आरोप लगाए।

सरकारले जनताको पक्षमा काम गरेकै कारण सरबारबाट बाहिरिँदा पार्टी पंक्तिको मनोबल उच्च भएको उनको भनाइ थियो। पुनले सातवटै प्रदेशका परामर्श बैठक सकिँदै पार्टीभित्रका आन्तरिक समस्या समाधान भएर गएको दाबी गरे। अब एकताबद्ध भएर सडक र सदनबाट संघर्ष गर्ने उनले बताए।

‘हामीलाई सरकारमा जान होइन, जनतामा जान हतारो छ’, पुनले भने, ‘हामी जनताको एजेण्डामा एकजुट सडक र सदनबाट सरकारलाई खबरदारी गर्छौं, संघर्ष गर्छौं।’

मुलुकको राजनीतिमा बिचौलियाको संरक्षण गर्ने, भ्रष्टाचार र राज्य दोहन गर्ने र सुशासनका लागि त्यस्ता प्रवृत्तिहरुसँग संघर्ष गर्नेहरुबीचको ध्रुवीकरण पैदा भएको टिप्पणी पुनले गरे।

पुनले सरकारबाट बाहिरिएपछि पुराना संसदवादी पार्टीहरु एकातिर र आफूहरु अर्कोतिरजस्तो भएको बताए। माओवादी पनि पुराना पार्टीहरुजस्तै भयो भन्ने गुनासाहरु थिए र खबरदारीहरु रहेको भन्दै उनले आफूहरुका अगाडि का‌ग्रेस–एमालेभन्दा फरक हौं भन्ने मौका आएको तर्क गरे।

‘अब हामीलाई पुराना पार्टीहरुभन्दा फरक हौं भनेर पुष्टि गर्ने मौका आएको छ। आफ्नो धार बोकेर अगाडि बढेका छौं’, पुनले भने, ‘सुशासनको, सामाजिक न्यायको, गरिखाने जनताको र उत्पीडित  वर्गको आवाज र एजेण्डाको नेतृत्व हामी गर्छौं।’

एमाले अध्यक्ष केपी ओली नेतृत्वमा वर्तमान सरकार बनेपछि जनतामा उकुसमुकुस, असन्तुष्टि र विद्रोहको भावना बढेको उल्लेख गरे। सत्ताधारीप्रति जनतामा बढेको वितुष्णा र असन्तुष्टिलाई भड्काएर प्रतिगमनतिर लैजाने प्रयासमा एकथरि शक्ति लागेको पुनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .