खेल


मलेसियाको सबाह एफसीसँग एपीएफको गोलरहित बराबरी

मलेसियाको सबाह एफसीसँग एपीएफको गोलरहित बराबरी

नेपालखबर
भदौ १२, २०८१ बुधबार २०:११, काठमाडौँ

एएफसी च्याम्पियनसिपको प्रारम्भिक चरण अन्तर्गत मलेसियाको लिकास स्टेडियममा बुधबार भएको खेलमा एपीएफले घरेलु टोलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ।

सबाह एफसीसँग गोलरहित बराबरी खेलेपछि एपीएफ क्लबकी कप्तान अनिता बस्नेतले आजको खेल जितका लागि खेलेपनि त्यसमा सफल हुन नसकेको बताइन्।

खेलपछि कुरा गर्दै टोलीकी कप्तान अनिता बस्नेतले भनिन्, ‘आजको खेल हामी जितका लागि खेलेका थियौँ। ३ अंक जोड्ने प्रयासमा थियौँ तर हामी त्यसमा चुक्न पुग्यौँ।’

टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आजको खेलमा १ अंक थप्न सफल भएकोमा खुसी भएको बताए।

सबाहविरुद्ध एपीएफका खेलाडीले गोलका लागि मौकाहरु बनाउन नसक्नु नै टोलीको समस्या भएको सुनाए।

उनले भने, ‘आजको खेलमा हाम्रो र सबाहका खेलाडीले राम्रो खेले। अझ सबाहको गोलरक्षकले राम्रो प्रर्दशन गरिन्। आजको खेलमा हामीले चान्सहरु बनाउन सकेनौँ त्यहाँ समस्या रह्यो।’

पहिलो खेलमा उज्वेकिस्तानको पिएफसी नसाफसँग १–० ले पराजित भएको एपीएफले दोस्रो खेलमा भने अंक बाँड्यो। अंक बाँडेसँगै एपीएफ र सबाहको खातामा समान १ अंक छ। उज्वेकिस्तानको नसाफसँग ३ अंक छ।

बराबरीसँगै एपीएफ भने प्रारम्भिक चरणबाट नै बाहिरिएको छ। अब प्रारम्भिक चरण अन्तर्गत समूहको अन्तिम खेलमा नसाफ र सबाह भिड्नेछन्। सो खेलपछि समूह सी बाट समूह चरणमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ।

समूह चरणबाट बाहिरिएपछि एपीएफ अब स्वदेश फर्कनेछ। स्वदेश फर्किएपछि एपीएफले महिला लिग खेल्नेछ।

एपीएफ गत सिजनको लिग च्याम्पियनको हैसियतामा एएफसी कपमा सहभागिता जनाएको हो। नेपालबाट एएफसी कप खेल्ने एपीएफ पहिलो टोली हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad