खेल


नेपाली फुटबल खेलाडीको तलब मासिक १२ हजारका दरले बढाउने एन्फाको निर्णय

नेपाली फुटबल खेलाडीको तलब मासिक १२ हजारका दरले बढाउने एन्फाको निर्णय

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १९:४६, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली राष्ट्रिय खेलाडीको तलब बढाउने निर्णय गरेको छ। मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले राष्ट्रिय टोलीका खेलाडीको तलब १८ हजार रुपैयाँबाट १२ हजार बढाएर मासिक ३० हजार बनाउने निर्णय गरेको हो। 

यसपटक तलब वृद्धि गर्दा भने खेलाडीको वर्गीकरण गरेर त्यस अनुसार तलब प्रदान गरिनेगरी निर्णय भएको कार्यसमितिका एक सदस्यले जानकारी दिए।

आजको बैठकमा २३ बढी विभिन्न एजेण्डा थिए। आधुनिक फुटबल रंगशाला निर्माण, फिफा र एएफसीको अनुदानबाट भौतिक पूर्वाधार निर्माण तथा अन्य क्षेत्रमा बजेट विनियोजन, पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक, नयाँ सदस्य संस्था गठन, शहीद स्मारक वि डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट, आ।व। २०८१/८२ को वार्षिक बजेट र कार्यक्रमको बारेमा छलफल गर्ने कार्यतालिका थियो।

बैठक विहान १०स्४५ बजे सुरु भएको थियो । हाल आठौं एजेन्डामा छलफल भइरहेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad