ad ad

खेल


साफ यू-२० च्याम्पियनसिप: फाइनल प्रवेशका लागि आज भारत र बंगलादेश भिड्दै

विजेताले उपाधिका लागि नेपालको सामना गर्ने
साफ यू-२० च्याम्पियनसिप: फाइनल प्रवेशका लागि आज भारत र बंगलादेश भिड्दै

नेपालखबर
भदौ १०, २०८१ सोमबार ६:५३, काठमाडौँ

साफ यू–२० च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज (सोमबार) साविक विजेता भारत र बंगलादेश भिड्दैछन्। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ।  भारत समूह ‘बी’ को विजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेको हो। च्याम्पियनसिपमा भारत अपराजित छ। 

बंगलादेश भने समूह ‘ए’ को उपविजेता टोलीको रुपमा सेमिफाइनल खेल्न लागेको हो। समूह चरणमा बंगलादेश नेपालसँग पराजित भएको थियो। 

यो खेलको विजेताले उपाधिका लागि घरेलु टोली नेपालको सामना गर्नेछ। 

नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। 

फाइनल खेल बुधबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .