ad ad

ग्लोबल


इजरायलमा आक्रमणपछि हिजबुल्लाह प्रमुखको प्रतिक्रिया- कमान्डर फाउद शुक्र हत्याको बदला

इजरायलमा आक्रमणपछि हिजबुल्लाह प्रमुखको प्रतिक्रिया- कमान्डर फाउद शुक्र हत्याको बदला

हिजबुल्लाहका प्रमुख शेख हसन नसरल्लाह


नेपालखबर
भदौ १०, २०८१ सोमबार ७:५, काठमाडौँ

हिजबुल्लाहका प्रमुख शेख हसन नसरल्लाहले इजरायलमा आक्रमण गरेर आफ्ना कमान्डर फाउद शुक्रको हत्याको बदला लिएको बताएका छन्। अझ विभिन्न कारण बदला लिन ढिलाइ भएको टिप्पणी उनले गरेका छन्। 

उनले भने, ‘हिजबुल्लाहले ११० किलोमिटरको दूरीमा रहेको इजरायली सेनाको बेसलाई निशाना बनाएको थियो। यो स्थान तेल अभिभबाट डेढ किलोमिटर मात्र टाढा छ।’

उनले सबै ड्रोन इजरायली आकाशमा प्रवेश गर्न सफल भएको दाबी गरे।

उनले हिजबुल्लाहले आइतबारको आक्रमणमा सटिक मार हान्ने हतियार प्रयोग नगरेको उल्लेख गर्दै आवश्यक परे पछि त्यो पनि प्रयोग गरिने चेतावनी दिए। 

हसन नसरल्लाहले भने, ‘हिजबुल्लाहले इजरायली आवासीय क्षेत्र र यसको पूर्वाधारलाई लक्ष्य गरेर हत्याको बदला लिने निर्णय गरेको छ।’

इजरायलले लेबनानमा हिजबुल्लाहका धेरै स्थानलाई लक्ष्य गरी हवाई आक्रमण गरेको छ भने हिजबुल्लाहले पनि इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .