ad ad

खेल


साविक विजेता म्यानचेष्टर सिटीको विजय सुरुवात

चेल्सी २–० गोल अन्तरले पराजित
साविक विजेता म्यानचेष्टर सिटीको विजय सुरुवात

नेपालखबर
भदौ ३, २०८१ सोमबार ७:९, काठमाडौँ

चेल्सीलाई पराजित गर्दै साविक विजेता म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजय सुरुवात गरेको छ। 

आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई २–० गोल अन्तरले पाखा लगाएको हो। सिटीको जितमा एर्लिङ हालान्ड र माटियो कोभाचिचले १ १ गोल गरे। 

पहिलो हाफको १८ औँ मिनेटमा हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। सिटीका लागि १ सयौँ खेल खेल्ने क्रममा हालान्डले सिटीका लागि तीन सिजनको सुरुवाती गोल गर्न सफल भएका छन्। 

सन् २०२२ मा सिटीमा आवद्ध भएका हालान्डले टोलीका लागि ९१ औँ गोल गरेका हुन्। 

पहिलो हाफमा १–० को अग्रता बनाएको सिटीले गोलका लागि दोस्रो हाफको अन्तिम समयसम्म पर्खनुपर्यो। 

खेलको ८४ औँ मिनेटमा कोभाचिचको गोलमा सिटीले अग्रता दोब्बर पारेको थियो। 

नयाँ सिजनका लागि ११ खेलाडी अनुबन्ध गरेको चेल्सीले भने हारका साथ नयाँ सिजनको सुरुवात गरेको छ। 

जितसँगै सिटीले अक तालिकामा ३ अंक जोडेको छ। 

गएराति नै भएको अर्को खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .