मेस्सीले सन् २००६–२००७ को सिजनमा १९ वर्षको उमेरमा एल–क्लासिकोमा पहिलो गोल गर्न सफल थिए। उक्त गोलसँगै मेस्सी एल–क्लासिकोमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बनेका थिए।
तर आइतबार रातिको एल–क्लासिकोमा रियल मड्रिडको तर्फबाट भिन्सियस जुनियरले गोल गर्दै मेस्सीको रेकर्ड तोडे।
भिन्सियसले पनि १९ वर्षकै उमेरमा एल–क्लासिकोमा गोल गरेका हुन्। तर आइतबार एल–क्लासिकोमा गोल गर्नेबेला भिन्सियस त्यस समयका मेस्सीभन्दा २६ दिनले कान्छा थिए।
यसकारण भिन्सियस एल–क्लासिकोमा गोलगर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
स्मरणीय के छ भने सन् २००६–२००७ को सिजनमा मेस्सीले डेब्यु एल–क्लासिकोमै यो रेकर्ड बनाएका थिए। पहिलो एल–क्लासिकोमै मेस्सीले ह्याट्रिक पुरा गरेका थिए। एजेन्सी
प्रतिक्रिया