ad ad

खेल


चर्च ब्वाइज र पारो एफसीको पहिलो हाफ बराबरी

चर्च ब्वाइज र पारो एफसीको पहिलो हाफ बराबरी

नेपालखबर
साउन २९, २०८१ मंगलबार १८:४९, काठमाडौँ

एएफसी च्यालेन्ज लिग प्लेअफ अन्तर्गत नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको पारो एफसीले पहिलो हाफमा बराबरी गरेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिदा खेल १–१ को बराबरी भएको छ। 

खेलको ३८ औँ मिनेटमा लाकेन लिम्बुको गोलमा घरेलु टोली चर्च ब्वाइजले सुरुवाती अग्रता बनायो। एरिक विष्टको लामो क्रसमा मोसेसको पासमा लाकेनले बललाई पोष्टको जाली चुमाए। 

लगत्तै किंगाको गोलमा पारो बराबरीमा फर्कियो। 

त्यसअघि खेलको नवौँ मिनेटमा पारोका प्रहार पहिलो बारमा लाग्दै फर्कियो। खेलको १० औँ मिनेटमा एरिक विष्टको शसक्त प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा चर्च ब्वाइजले सुरुवाती अग्रता बनाउने मौका गुमायो। 

१३ औँ मिनेटमा आयुष घलानको प्रहार पारोका डिफेन्डरmे क्लीयर गरिदिए। खेलको १८ औँ मिनेटमा चर्च ब्वाइजले गोल गरेपनि त्यसअघि नै रेफ्रिले अफसाइडको संकेत गरेका थिए। 

खेलको २४ औँ मिनेटमा पारोका कप्तान केसुके होन्डाको फ्रिकीक चर्च ब्वाइजका डिफेन्डरले क्लीयर गरिदिए। २५ औँ मिनेटमा डिबक्स नजिकैबाट केसुकेको फ्रिकीक चर्च ब्वाइजका खेलाडीले सहजै क्लीयर गरिदिए। 

खेलको ३० औँ मिनेटमा होन्डाको सशक्र फ्रिकीक सेकेण्ड बारमा लागेर फर्किदा पारोले अग्रता बनाउने मौका गुमायो। 

३७ औँ मिनेटमा एरिक विष्टको कर्नरमा सनिष श्रेष्ठको हेडर सफल हुन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .