खेल


गोलपछि स्टेडियममा उपस्थित रोनाल्डोलाई यसरी सम्मान दिए भिन्सियसले (भिडियो)

गोलपछि स्टेडियममा उपस्थित रोनाल्डोलाई यसरी सम्मान दिए भिन्सियसले (भिडियो)

नेपालखबर
फागुन १९, २०७६ सोमबार ७:१७,

सान्टियागो बर्नेबेउ स्टेडियमको निर्देशकहरु बस्ने कक्षमा बसेर रोनाल्डोले आफ्नो पूर्व क्लब रियल मड्रिड र बार्सिलोनाको रोमाञ्चक खेल हेरे।

पूर्व क्लब मड्रिडलाई समर्थन गर्न पुगेका रोनाल्डो दुखी हुन परेन। मड्रिडले बार्सामाथि २–० को जित निकाल्यो।

त्यतिमात्र होइन्, रोनाल्डोलाई दोब्बर खुशी मिल्यो। खेलको ७१ मिनेटमा भिन्सियस जुनियरले बार्साविरुद्ध सुरुवाती गोल गरे।

त्यसपछि मैदानमा देखिएको दृश्यले क्रिस्टियानो रोनाल्डो अत्याधिक खुशी भए। भिन्सियस जुनियरले उक्त आकर्षक गोलपछि रोनाल्डोकै अगाडि उनको सम्मानमा ‘सु’ सेलेब्रेसन गरे।

भिन्सियसको गोलपछि रोनाल्डोको प्रतिक्रिया

रोनाल्डोको बहिर्गमनपछि बर्नेबेउमा रोनाल्डोले गर्ने सु सेलेब्रेसन देख्न पाइएको थिएन। तर रोनाल्डोकै उपस्थितीमा भिन्सियसको सु सेलेब्रेसन हेर्न पाउँदा मड्रिडका समर्थकहरु निकै रमाए।

रोनाल्डो पनि रमाइरहेको भिडियो सार्वजनिक भएको छ।

भिन्सियसको रोनाल्डो सेलेब्रेसन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad