समाज


प्रचण्डलाई जुत्ता हान्ने तिरुवालाई मुद्दा चलाउने तयारी, एसएसपीको नेतृत्वमा छानविन समिति

प्रचण्डलाई जुत्ता हान्ने तिरुवालाई मुद्दा चलाउने तयारी, एसएसपीको नेतृत्वमा छानविन समिति

नेपालखबर
फागुन १९, २०७६ सोमबार ७:१२,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर जुत्ता प्रहार गर्ने युवालाई अभद्र व्यवहारमा म्याद थप गर्ने तयारी भएको छ। जुम्लाका २२ वर्षीय युवा रतन तिरुवाले आइतबार राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए।

घटनाको छानविन गर्न एसएसपीको नेतृत्वमा समिति बनाएको र सोमबार अदालतमा म्याद थप गर्ने तयारी गरेको महानगरीय प्रहरी कार्यालयले जानकारी दिएको छ।

अनुसन्धानका लागि प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाको संयोजकत्वमा समिति बनाएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोख्रेलले जानकारी दिए।

समितिमा प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटी र सिंहदरबार वृत्तका प्रहरी निरीक्षक युवराज तिमल्सिना रहेका छन्।

‘घटनाको छानविनका लागि एसएसपीको नेतृत्वमा छानविन समिति बनाएका छौँ’, महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोख्रेलले नेपालखबरसँग भने, ‘अदालतबाट म्याद थपको तयारी भइरहेको छ।’ समितिले घटनाको अनुसन्धान थालेका उनले जानकारी दिए।

पक्राउ परेका तिरुवालाई महानगरीय प्रहरी वृत्त संहदरबारमा राखिएको छ। उनलाई आइतबार प्रहरीले कार्यक्रम स्थलबाटै नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad