खेल


न्यूजिल्याण्डका एन्डरसनले काठमाडौंबाट इपीएल खेल्ने

न्यूजिल्याण्डका एन्डरसनले काठमाडौंबाट इपीएल खेल्ने

नेपालखबर
फागुन १९, २०७६ सोमबार ७:२१,

एभरेष्ट प्रिमियर लिग (इपीएल)का टोली काठमाडौ किंग्स एलाभेनले न्यूजिल्याण्ड अलराउण्डर कोेरि एण्डरसनलाई अनुबन्ध गरेको छ।

काठमाडौले सोमबार विज्ञप्ती जारी गर्दै कीर्तिमानी एण्डरसनलाई अनुबन्ध गरेको जनाएको हो। सन् २०१४ मा वेष्ट इन्डिज विरुद्धकोे एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले शाहिद अफ्रिदीले ३७ बलमा बनाएको १७ वर्ष पुरानो शतक तोड्दै सनसनी मच्चाएका थिए। उनले ३६ बलमा ६ चौका १४ छक्का प्रहार गर्दै किर्तिमान बनाएका हुन्।

अर्कोवर्ष भने दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले ३१ बलमा शतक प्रहार गर्दै एन्डरसनको कीर्तिमान भंग गरेका थिए।

२९ वर्षिय एन्डरसनलाई टोलीमा अनुबन्ध गर्दा आफुहरु उत्साहित रहेको काठमाडौको प्रमुख कार्यकारी अधिकृत राजजंग थापाले बताए। लामो अनुभव भएका अलराउण्डर कोरी टोलीमा आउँदा आफुहरु अझ मजबुत बनेको उनले बताए।

इपीएल आगामी चैत्र १ देखि १५ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

चितवन टाइगर्स र न्युजिल्याण्डका अलराउण्डर जेम्स फुलरबीच अनुबन्ध 
भैरहवाले घोषणा गर्‍यो ३ विदेशी खेलाडी 
नेपाल मेरो आँधी हेर्न तयार हुनुस्: क्रिस गेल (भिडियो)
पोखरा राइनोजमा थपिए स्कटिस खेलाडी मुन्से

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad