ad ad

खेल


काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

नेपालखबर
साउन ४, २०८१ शुक्रबार २३:२०, काठमाडौँ

माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली युवा टोलीले लगातार दोस्रो हार व्यहोरेको छ। 

राजधानी मालेको सोसल सेन्टरमा भएको आफ्नो दोस्रो खेलमा नेपाली टोली किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। 

प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले  २७-२५ ले गुमायो। त्यसपछिका दुई सेट २५-२३ र २५-१७ ले गुमाउँदा नेपालले लगातार दोस्रो हार व्यहोर्नुपरेको हो। 

नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको थियो। 

किर्गिस्तानले भने लगातार दोस्रो जित हात पारेको छ। 

राउन्ड रोविनको अन्तिम खेलमा नेपालले शनिबार घरेलु टोली मालदिभ्ससँग खेल्नेछ।

अंक तालिकाको पहिलो र चौथो स्थानमा रहने टोली तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। सेमिफाइनल खेल सोमबार हुनेछ। 

सेमिफाइनलको विजेताले फाइनल खेल्नेछन्। पराजित टोलीले भने तेस्रो स्थानका लागि खेल्नेछन्। फाइनल र तेस्रो स्थानका लागि मंगलबार प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .