ad ad

खेल


आसिफ सेख बने ‘इलाइट मुभर्स’को ब्रान्ड एम्बास्डर

आसिफ सेख बने ‘इलाइट मुभर्स’को ब्रान्ड एम्बास्डर

नेपालखबर
असार २८, २०८१ शुक्रबार २०:१६, काठमाडौँ

नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर आसिफ सेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बासडरमा अनुबन्धित भएका छन्।

आज एक कार्यक्रमको आयोजना गरी इलाइटले आफ्नो सद्भावना दूतको रुपमा उनीसँग सम्झौता गरेको छ।

कार्यक्रममा शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई, नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष कुमार सिंह, इक्यानका निवर्तमान अध्यक्ष्य प्रकाश पाण्डे, वरिष्ठ क्रिकेट प्रशिक्षक जगत टमाटा, इक्यानका उपाध्यक्ष लक्ष्मण पौडेल एन्ड्रु, पूर्व राष्ट्रिय फुटबल खेलाडी भोलानाथ सिलवाल लगायतको उपस्थिति रहेको थियो।

क्रिकेटर आशिफ सेखले इलाइटको ब्रान्ड एम्बासडर बनेकोमा खुशी ब्यक्त गरे। उनले खेलाडीको मनोबल बढाउनका लागि इलाइटले चालेको कदमप्रति आभारी रहेको धारणा राखे।

इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी र आसिफ सेखको बिचमा हाललाई २ वर्षका लागि सम्झौता रहेको छ। साथै आपसी समझदारीमा यो अवधि थप लम्ब्याउने इलाइटले जानकारी दिएको छ।

कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराइले ‘इलाइट मुभर्सले छोटो समयमा शैक्षिक परामर्श दाताको रुपमा विद्यार्थीहरूको मनमा बस्न सफल भएको र आशिफ शेखलाई ब्रान्ड एम्बासडर बनाएर नयाँ उचाइ हासिल गरेक’ बताए।

इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीका चेयरमेन उद्दब वनले यस सम्झौताले आफूहरुलाई हौसला मिलेको भन्दै राष्ट्रका गहना खेलाडीहरूलाई यस किसिमको पहलले आर्थिक रुपमा सबल हुन पनि मदत पुग्ने बताए।

साथै आगामी दिनमा पनि अन्य खेलकुदका खेलाडीसँग पनि यसरी नै सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए।

नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन कुमार सिंहले यस्ता सझौताले क्रिकेट खेल र खेलाडीलाई व्यावसायिकताको बाटोमा फाइदा हुने राय दिए। कार्यक्रमका अन्य वक्ताहरूले आशिफ सेख र इलाइट मुभर्सलाई सुभकामना दिएका थिए।

कार्यक्रमको अवसर पारेर क्रिकेट प्रशिक्षक जगत टमाटालाई उनको योगदानको कदर गर्दै दोसल्ला र सम्मानपत्रले इलाइट मुभर्सका चेयरमेन उद्दब वन र इक्यानका अध्यक्ष शेषराज भट्टराईले सम्मान गरेका थिए। यो सम्मान प्रति प्रशिक्षक टमाटाले खुशी व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .