ad ad

खेल


ब्राजिलकी मार्टाले छैटौँ पटक पेरिस ओलम्पिक खेल्ने

ब्राजिलकी मार्टाले छैटौँ पटक पेरिस ओलम्पिक खेल्ने

नेपालखबर
असार १९, २०८१ बुधबार १२:३९, काठमाडौँ

ब्राजिल महिला फुटबल टोलीकी कप्तान मार्टाले छैटौँ पटक पेरिस ओलम्पिक खेल्ने भएकी छिन्। 

ब्राजिलका लागि सबै समयकी सर्वाधिक गोलकर्ता समेत रहेकी मार्टा पेरिस ओलम्पिकका लागि टोलीमा छनोट भएसँगै उनले छैटौँ पटक ओलम्पिक खेल्ने भएकी हुन्। 

३८ वर्षीया मार्टाले गत अप्रिलमा यही वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरिसकेकी छिन्। 

ओलम्पिक खेल्ने टोलीमा मार्टाले स्थान बनाएपछि ब्राजिलका मुख्य प्रशिक्षक अर्थर एलियासले मार्टा सबै समयकी उत्कृष्ट खेलाडी भएको बताएका छन्। 

उनले भने, ‘उनी राम्रो खेल्छिन्, टोलीमा अटाउनका लागि उनी योग्य छिन्।’

गत वर्ष छैटौँ पटक महिला विश्वकप खेलेकी मार्टाको टोली ब्राजिल नकआउट चरण पुग्न सकेको थियो। 

मार्टाले सन् २००४ को एथेन्स र २००८ को बेइजिङ ओलम्पिकमा रजत पदक जितेकी थिइन्। 

महिला पुरुष विश्वकपकी सबै समयकी सर्वाधिक गोलकर्ता मार्टाले २३ खेलमा १७ गोल गरेकी छिन्। सन् २००२ मा ब्राजिलको सिनियर टोलीमा स्थान बनानएकी उनले १ सय ३ खेलमा १ सय १ गोल गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .