ad ad

राजनीति


मुकुलको आग्रह–मैले बिहे गर्ने कि कुमार बस्ने, पार्टीले निर्णय गरिदेओस्

मुकुलको आग्रह–मैले बिहे गर्ने कि कुमार बस्ने, पार्टीले निर्णय गरिदेओस्

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८१ बुधबार १२:५१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो बिहेबारे निर्णय गर्न पार्टीलाई आग्रह गरेका छन्। 

समसामयिक राजनीति र महामन्त्री ढकालले देशदौडाहबाट तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न रास्वपाको बैठक जारी छ। 

उक्त बैठकमा पेस गर्न ढकालले तयार पारेको लिखित मन्तव्यमा उनले विभिन्न विषयमा पार्टी सभापतिलाई स्पष्टीकरण दिँदै आफ्नो बिहेबारेमा पनि निर्णय गरिदिन आग्रह गरेका हुन्।

‘मेरो जीवनकैबारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन,’ उनले भनेका छन्, ‘मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्।’


उनले पार्टीले नै खोजिदिएको केटीसँग पनि आफू बिहे गर्न तयार रहेको उल्लेख गरेका छन्। ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ,’ ढकालको आग्रह छ, ‘तर निर्णय गरिदेओस्। जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ, त्यहि दिन गरिदिनुहोस्।’

 
ढकालले बिहेलाई लिएर आफूबारे भएका टिप्पणी सहने तर आफूसँग नाम जोडिएको केटीको भने सम्मान गरिनुपर्ने समेत धारणा राखेका छन्।

‘देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागि जीवन नै समर्पण गरेको छु’ उनको भनाइ छ, ‘गल्फ्रेन्डको कुरा गरेर, मलाई त केहि छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .