ad ad

खेल


विश्वकपको फाइनलमा पुग्न इंग्ल्यान्डले पायो १७२ रनको लक्ष्य, रोहितको अर्धशतक

विश्वकपको फाइनलमा पुग्न इंग्ल्यान्डले पायो १७२ रनको लक्ष्य, रोहितको अर्धशतक

इंग्ल्यान्ड र भारतको खेल। तस्बिर : आईसीसी/गेट्टी


नेपालखबर
असार १४, २०८१ शुक्रबार ०:३४, काठमाडौँ

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी२० विश्वकप क्रिकेटको फाइनलमा पुग्न इंग्ल्यान्डले १७२ रनको लक्ष्य पाएको छ। 

प्रोभिडेन्समा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले इंग्ल्यान्डसामु उक्त लक्ष्य प्रस्तुत गरेको हो। 

वर्षातले पटक पटक अवरोध गरेको दोस्रो सेमिफाइनल खेलमा भारतले २० ओभर खेलेर ७ विकेट नोक्सानीमा १७१ रन बनाएको हो।

भारतका लागि कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन बनाए। विराट कोहली ९ बलमा ९ रनमै आउट भएको खेलमा ऋषभ पन्त पनि ६ बल खेलेर ४ रनमै पेभेलियन फर्किए। सूर्यकुमार यादवले ३६ बलमा ४७ रन, हार्दिक पाण्ड्या १३ मा २३ रन जोड्दा भारतले उच्च स्कोरको लय समातेको थियो। आजको खेलमा शिवम् दुवे डकआउट भए भने अक्षर पटेलले १० रन थपे। नटआउट रहेका रविन्द्र जडेजाले १७ र अर्शदीप सिंहले १ रन जोडे। इंग्ल्यान्डले ३ अतिरिक्त रन उपहार दिएको थियो। 

बलिङतर्फ भने क्रिस जोर्डनले भारतको ३ विकेट झार्दा रिस टपले, जोफ्रा आर्चर, साम करान र अदिल रशिदले समान १ विकेट लिए। लियाम लिभिंगस्टोन विकेटविहीन रहे। 

इंग्ल्यान्डले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। 

यो खेलको विजेताले शनिबार राति बार्बाडोसमा हुने फाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .