युरो कप २०२४ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा इंग्ल्यान्ड र स्लोभेनिया तथा डेनमार्क र सर्बियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
गएराति भएको खेलमा इंग्ल्यान्ड र स्लोभेनियाले गोलरहित बराबरी गर्दै अंक बाँडे। बराबरीसँगै समूह ‘सी’बाट ३ खेलमा ५ अंक बनाउँदै इंग्ल्यान्ड समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ।
गएराति नै भएको अर्को खेलमा गोलरहित बराबरी गर्दै अंक बाँडेका डेनमार्क र स्लोभेनिया पनि अन्तिम १६ मा पुगेका छन्।
समूह चरणका तीनै खेलमा अपराजित रहेको डेनमार्क समूह ‘सी’को उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो। डेनमार्कले तीन खेलमा नै बराबरी गर्दै ३ अंक बनाएको छ।
दोस्रो स्थानको डेनमार्क र तेस्रो स्थानको स्लोभेनियाको समान ३ अंक भएपछि दुवै टोली अन्तिम १६ मा पुगेका हुन्। समान खेल र अंकबाट कम पँहेलो कार्ड पाएको डेनमार्क समूह उपविजेता बनेको हो।
समूह चरणको पुछारमा रहेको सर्विया युरोकपबाट बाहिरिएको छ।
Shares
प्रतिक्रिया