ad ad

खेल


स्कटल्यान्डको हारले इंग्ल्यान्ड विश्वकपको सुपर ८

स्कटल्यान्डको हारले इंग्ल्यान्ड विश्वकपको सुपर ८

नेपालखबर
असार २, २०८१ आइतबार १०:०, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह बी को अन्तिम खेलमा स्कटल्यान्ड अस्ट्रेलियासँग पराजित भएपछि इंग्ल्यान्ड सुपर ८ मा पुगेको छ।
 

आइतबार बिहान भएको खेलमा अष्टेलियासँग ५ विकेटले पराजित भएपछि इंग्ल्यान्ड शीर्ष २ मा रहँदै सुपर ८ मा पुगेको हो। 

समूह बी मा रहेको अस्ट्रेलिया भने अपराजित रहँदै सुपर ८ खेल्नेछ। दोस्रो स्थानको इंग्ल्यान्ड र स्कटल्यान्डले समान ५ अंक भए पनि नेट रनरेटमा इंग्ल्यान्ड अघि रहँदै सुपर ८ मा पुगेको हो। 

यी दुई टोलीले समान ४ खेलमा खेलमा २ मा जित र १ मा हार र एक् खेल वर्षाले रद्द हुँदा अंक बाँडेका थिए। 

यो समूहबाट स्कटल्यान्डसहित नामिबिया र ओमान विश्वकपबाट बाहिरिएका छन्।  स्कटल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले २ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो। 

अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले सर्वाधिक ६८ रनको योगदान दिए। उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। 

माक्र्युस स्टोइनिस ५९ रन बनाउँदा मार्क वाटको बलमा बोल्ड आउट भए। उनले २९ बलमा ९ चौका र २ छक्का हाने। टिम डेभिड २४ र म्याथु वेड ४ रनमा नटआउट रहे। 

स्कटल्यान्डका मार्क वाट र सफ्यान सरिफले समान २ विकेट लिए। ब्राड वेलको नाममा १ विकेट रह्यो। 

त्यसअघि अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो। 

स्कटल्यान्डका ब्रान्डोन एमसीमुलेनले सर्वाधिक ६० रन बनाए। उनले ३४ बलमा २ चौका र ६ छक्का हाने। 

कप्तान रिची बेरिग्टोन ४२ रनमा नटआउट रहे। उनले ३१ बलमा १ चौका र २ छक्का हाने। ओपनर जर्ज मुन्सेले ३५ रन बनाए। म्याथु क्रसले १८ रन थपे। 

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले २ विकेट लिए। एष्टोन अगर, नाथल इलिस र आडम जम्पाले समान १ विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .