ad ad

खेल


विश्वकप छनोटको दोस्रो चरणका खेल सकेर स्वदेश फर्कियो नेपाली टोली

विश्वकप छनोटको दोस्रो चरणका खेल सकेर स्वदेश फर्कियो नेपाली टोली

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १५:१८, काठमाडौँ

फिफा विश्वकप २०२६ अन्तर्गत छनोट दोस्रो चरणको अन्तिम खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। 

फिफा विश्वकप २०२६/एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गतका खेल खेलिसकेर टोली बिहीबार स्वदेश फर्किएको हो। 

मंगलबार राति प्रिन्स महम्मद बिन फहाद स्टेडियममा भएको अन्तिम खेलको अतिरिक्त समयमा यमनले गोल फर्काएपछि नेपालले बराबरीमा चित्त बुझाएको थियो।

यसअघि नेपाल यूएईको दुई खेलमा समान ४–० ले पराजित भएको थियो। बहरेनसँगको पहिलो लिगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो। 

खेल सकेर फर्किएपछि सञ्चारकर्मीसँग विमानस्थलमा कुरा गर्दै कप्तान किरणकुमार चेम्जोङले सय खेल खेलनु भन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको बताए।

त्यस्तै फुटबलर जिलेस्पीजंग कार्कीले डेब्यु गोल अविस्मरणीय रहेको र रणनीतिअनुसार खेल्दा गोल गर्न सफल भएको बताए। 

फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले भने नेपाली नयाँ टोलीले राम्रो खेल खेलेको बताए। यमनसँगको अन्तिम गेममा अन्तिम मिनेटमा केही कारणले गोल खान पुग्दा बराबरी हुन पुगेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .