ad ad

खेल


साफ यू-२० च्याम्पियनसिपको उद्‍घाटन खेलमा नेपाल श्रीलंकासँग भिड्ने

साफ यू-२० च्याम्पियनसिपको उद्‍घाटन खेलमा नेपाल श्रीलंकासँग भिड्ने

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १९:५१, काठमाडौँ

साफ यू-२० पुरुष च्याम्पियनसिपको उद्‍घाटन खेलमा नेपाली युवा टोलीले श्रीलंकासँग खेल्ने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार च्याम्पियनसिपको उद्‍घाटन खेलमा नेपाली युवा टोलीले श्रीलंकाविरुद्ध खेल्ने भएको हो।

समूह चरणको दोस्रो खेलमा नेपालले १९ अगस्तमा पाकिस्तानसँग र २२ अगस्तमा बंगलादेशविरुद्ध खेल्नेछ।

समूह ए मा आयोजक नेपालसहित पाकिस्तान र बंगलादेश छन्। समूह बी मा भारत, मालदिभ्स र भुटान छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

समूह ए को विजेता टोलीले समूह बी को उपविजेतासँग खेल्नेछ। समूह ए को उपविजेताले समूह बी को विजेतासँग सेमिफाइनलमा खेल्नेछ।

च्याम्पियनसिपको सेमिफाइनल दुवै खेल १६ अगस्तमा हुनेछ। फाइनल खेल २८ अगस्तमा हुनेछ।

साफ च्याम्पियनसिप १६ देखि २८ सम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .