ad ad

खेल


सी डिभिजन लिग उपाधि बागमतीलाई, आरसी ३२ दोस्रो

सी डिभिजन लिग उपाधि बागमतीलाई, आरसी ३२ दोस्रो

नेपालखबर
जेठ ३०, २०८१ बुधबार २०:३, काठमाडौँ

ललितपुरमा सम्पन्न सहिद स्मारक सी डिभिजन लिगको उपाधि बागमती युथ क्लबले उचालेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बागमतीले पुल्चोक स्पोट्र्स क्लबसँग गोलरहित बराबरी खेलेपछि उपाधि उचालेको हो। उपाधिसँगै बागमतीले १० लाख रुपैयाँ प्राप्त गरेको छ।

दोस्रो स्थानमा रहेको आरसी ३२ ले सात लाख रुपैयाँ प्राप्त गर्यो।

लिगको छिनोफानो हुने दिन बी डिभिजनमा बढुवा भैसकेका बागमती र आरसी ३२ ले उपाधिका लािग खेलिरहेका थिए।

तर आर्मी फिजिकल एण्ड स्पोर्टस सेन्टरमा भएको खेलमा आरसी ३२ सानेपा क्लबसँग ३–२ ले पराजित भएपछि बागमतीले उपाधि उचालेको हो।

अंक तालिकाको शीर्ष स्थानमा रहेको बागमतीले १३ खेलमा ३० अंक बनायो। समान खेलबाट आरसी ३२ ले २६ अंक बनायो।

रानीवन स्पोट्र्स क्लब र गोलबजार स्पोट्र्स क्लब भने रेलिगेसनमा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .