ad ad

खेल


नेपाल र यमनबीचको खेल २–२ को बराबरीमा

नेपाल र यमनबीचको खेल २–२ को बराबरीमा

नेपालखबर
जेठ ३०, २०८१ बुधबार २:१७, काठमाडौँ

फिफा विश्वकप २०२६ अन्तर्गत छनोट दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ। 

मंगलबार राति प्रिन्स महम्मद बिन फहाद स्टेडियममा भएको खेलमा अतिरिक्त समयमा यमनले गोल फर्काएपछि नेपालले बराबरीमा चित्त बुझाएको हो। 

खेल सुरु भएको नवौँ मिनेटमै पेनाल्टीमार्फत गोल गर्दै यमनले १–० को अग्रता लिएको थियो। यमनका एन अल गाहवाशीले गोल गर्दै अग्रता दिलाए पनि २२औँ मिनेटमा सञ्जीव विष्टले नेपाललाई १–१ को बराबरीमा ल्याए। 

त्यसपछि दोस्रो हाफमा ६६औँ मिनेटमा जिलेस्पीजंग कार्कीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए। तर ९१औँ मिनेटमा यमनका एम अल दाहीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। 

योसँगै ग्रुप एचमा रहेको नेपाल अन्तिम खेलमा १ अंक जोडेर अन्तिम स्थानमा रहँदा यमन ५ अंकसहित तेस्रो स्थानमा रहन पुग्यो। पहिलो स्थानमा रहेको यूएईले ६ खेलबाट १६ अंक जोड्दा समान खेल खेलेको बहरेन ११ अंकसहित ग्रुपको दोस्रो स्थानमा रहन पुग्यो। 

यसअघि नेपाल यूएईको दुई खेलमा समान ४–० ले पराजित भएको थियो। बहरेनसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .