ad ad

खेल


प्रधानमन्त्री कप एनभीए भलिबल : गण्डकीलाई हराउँदै टिपटप हेल्प नेपाल बन्यो च्याम्पियन

प्रधानमन्त्री कप एनभीए भलिबल : गण्डकीलाई हराउँदै टिपटप हेल्प नेपाल बन्यो च्याम्पियन

उपाधिसँगै हेल्प नेपालले ८ लाख रुपैयाँ प्राप्त गर्नेछ (तस्बिर : सरोज नेपाल)


लक्ष्मी जि.सी
जेठ २६, २०८१ शनिबार १८:११, काठमाडौँ

गण्डकी प्रदेशलाई हराउँदै टिपटप हेल्प नेपालले काठमाडौँमा सम्पन्न आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि उचालेको छ। 

उपाधिसँगै हेल्प नेपालले ८ लाख रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो भएको गण्डकी प्रदेशले ४ लाख रुपैयाँमा हात पारेको छ। उपाधिसँगै हेल्प नेपालले लिग चरणमा गण्डकीसँग भोगेको हारको बदला समेत लिएको छ।

शनिबार त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पुरुषतर्फको फाइनलमा गण्डकीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपालले उपाधि उचालेको हो। 

हेल्प नेपालले गण्डकीलाई २५–२२,२०–२५,२५–० र २५–२० ले हराएको हो।  

आजै भएको पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब तेस्रो भएको छ। पुलिस क्लबले आर्मीलाई ३–२ को सेटमा हराएको हो। पुलिस क्लबले आर्मीलाई ३१–२९,१३–२५,२२–२५,२५–२३ र १५–८ को जित निकाल्यो। 

तेस्रो भएको पुलिस क्लबले २ लाख रुपैयाँ प्राप्त गरेको छ। 

आजै भएको महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबलाई हराउँदै पुलिस क्लब च्याम्पियन बनेको छ। 

यस्तै, त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपीएफ क्लब तेस्रो भएको छ। 

विभागीय डर्वीको खेलमा एपीएफले आर्मीलाई २५–१९, २५–२० र २५–१९ ले हराउँदै तेस्रो भएको हो। 

गत चैतमा सम्पन्न आठौँ आरबीबीएभीए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले लिगमा स्पर्धा गरेका थिए।। 

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल एपीएफ क्लब, सुदूरपश्चिम स्पोर्टस् काउन्सिल, कोसी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब सहभागी थिए। 

महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश सहभागी थिए।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .