ad ad

खेल


रोनाल्डो र मेस्सीपछिका धेरै गोलकर्ता भारतीय फुटबल कप्तान सुनिलको संन्यास

रोनाल्डो र मेस्सीपछिका धेरै गोलकर्ता भारतीय फुटबल कप्तान सुनिलको संन्यास

सुनिल क्षेत्री। तस्बिर : भारतीय फुटबल टिम/फेसबुक


नेपालखबर
जेठ २४, २०८१ बिहिबार २२:५७, काठमाडौँ

फिफा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको खेल खेल्दै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले फुटबलबाट संन्यास लिएका छन्। 

कोलकताको साल्ट लेक स्टेडियममा भएको खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोक्दै भारतले अंक खोसेको हो। 

भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले कुवेतविरुद्धको खेलमा अन्तिम पटक भारतिय टोलीको जर्सी लगाएका हुन्। 

३९ वर्षीय सुनिलले कुवेतविरुद्धको खेल सकिएसँगै बुट थन्क्याएका छन्। यसअघि नै सन्यास लिने घोषणा गरिसकेका सुनिलले बिहीबार रातिको खेलसँगै संन्यास लिएका हुन्। 

कुवेतविरुद्धको खेलअघि कप्तान क्षेत्रीेले आफुले यो आफ्नो लागि अन्तिम खेल रहेको रहेको सोच्न पनि नचाहेको बताएका थिए।

आफू संन्याससँगको सानो लडाइमा रहेकाले यो क्षणको बारेमा धेरै नसोध्न उनले आग्रह समेत गरेका थिए। उनले आफ्नो यो भावनालाई कहि कतै व्यक्त गर्न नसक्ने बताएका थिए। 

सन् २००५ मा पाकिस्तानविरुद्धको खेलबाट भारतीय टोलीमा डेब्यु गरेका सुनिलले सन् २०१२ देखि टोलीको कप्तानी सम्हालिरहेका थिए। 

कप्तान क्षेत्रीले भारतीय टोलीबाट १ सय ५१ खेलमा ९४ गोल गरेका छन्। उनी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीपछि सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा छन्।

संन्यास लिँदै गर्दा कुवेतविरुद्धको खे्लका क्रममा उनलाई भारतीय टोलीले सम्मान व्यक्त गरेको थियो। उनी निकै रोएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .