पाकिस्तानी क्रिकेट खेलाडी बाबर आजमले भारतका विराट कोहलीलाई पछि पार्दै टी२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।
अमेरिका र वेस्ट इन्डिजमा जारी टी२० विश्वकपका दौडान बाबरले उक्त कीर्तिमान बनाएका हुन्।
अमेरिकाविरुद्धको खेलमा बाबरले ४ हजार ६७ रन पूरा गरे। यसअघि ४ हजार ३८ रन बनाएका भारतीय खेलाडी विराटको नाममा उक्त कीर्तिमान थियो।
२०१६—२०२४ को बीचमा बाबरले ११३ इनिङ र १२० खेलका क्रममा उनले उक्त सफलता हात पारेका हुन्। विराटले २०१०–२०२४ को बीचमा ११० इनिङ र ११८ खेलमा उक्त रन बनाएका छन्।
जारी विश्वकपमा विराट आयरल्यान्डविरुद्ध सस्तैमा समेटिएका थिए भने बाबरले अमेरिकाविरुद्ध ४३ बलमा ४४ रन बनाए।
1.7k
Shares
प्रतिक्रिया