ad ad

खेल


टी २० विश्वकप : सोमपालले लिए तेस्रो विकेट

टी २० विश्वकप : सोमपालले लिए तेस्रो विकेट

नेपालखबर
जेठ २३, २०८१ बुधबार ०:४०, काठमाडौँ

आईसीसी टी २० विश्वकपमा नेदरल्यान्डस्‌विरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ। 

सोमपालले १४ औँ ओभरको पहिलो बलमा नै सेब्रड एंगेलब्रेचलाई रन आउट गराए। १६ बलमा १ चौका हानेका सेब्रट भिडियो अम्पाएरको सहायतामा रन आउट भए। 

त्यसअघि दिपेन्द्रले ८.२ ओभरमा ओपनर विक्रमजित सिंहलाई २२ रनमा बनाउँदा एलबीडब्लु धरापमा पार्दै पेभेलियनको बाटो देखाए। 

दोस्रो विकेटका रुपमा म्याक्स ओ डाउड र विक्रमजितले ४१ रनको साझेदारी गरे। 

त्यसअघि ओपनर माइकल लेविट दोस्रो ओभरको दोस्रो बलमा नै क्याच आउट भए। नेपालका तिव्र गतिका बलर सोमपाल कामीले माइकललाई १ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .