ad ad

खेल


आईसीसी टी–२० विश्वकपका लागि नेदरल्यान्डस्‌को टोली घोषणा

आईसीसी टी–२० विश्वकपका लागि नेदरल्यान्डस्‌को टोली घोषणा

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १६:४५, काठमाडौँ

आईसीसी टी–२० विश्वकपका लागि नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। 

सोमबार घोषणा गरेको डच टोलीमा अनुभवी अलराउण्डर राइलोफ भान डे मर्वे र मुख्य ब्याटर कोलिन एकरम्यान विश्वकप खेल्ने टोलीबाट बाहिर छन्। 

नेदरल्याण्डस्का मुख्य छनोटकर्ताले बाया हाते स्पिनर टिम प्रिन्गल, काइल क्लेन र हार्ड हिटिङ ओपनर माइकल लेभिटलाई टोलीमा मुख्य स्थान दिएका छन्। 

गत फेबु्रअरीमा नेपालमा भएको टी–२० सिरिजमा नामिबियाविरुद्ध आक्राम ब्याटिङ गरेका लेभिटले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गर्दै १ सय ३५ रन बनाएका थिए। 

विकेटकिपर ब्याटर स्कट एडवर्ड्सले विश्वकपका आफ्नो कप्तानीमा टोलीलाई अघि बढाउनेछन्। 

नेदरल्यान्ड्सको आगामी ४ जुनमा नेपालसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। 

विश्वकप खेल्ने नेदरल्यान्ड्सको टोलीः 
स्कट एडवार्ड (कप्तान) आर्यन दत्त, बास डे लिड, डानियल डोराम, फ्रेड क्लासेन, काइल क्लेन, लोगान भ्यान बेक, म्याक्स ओ डाउड, माइकल लेविट, पल भ्यान मिकरेन, साइब्रान्ड एंगलब्रेच, तेजा निदामानुरु, टिम प्रिन्गल, विक्रम सिंह, भिव किङग्मा, वेस्ली ब्यारेसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .