सेयरबजारमा आज ६ कम्पनीका सेयरधनीले राम्रो प्रतिसेयर आम्दानी गरेका छन्।
नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, मान्डु हाइड्रोपावर, शृजनशील लघुवित्त, हिमालय ऊर्जा विकास र गुराँस लघुवित्तको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको हो।
तीमध्ये शीर्ष ३ वटाको १० प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
गुमाउने सेयरधनीले भने सोमबार ५.६५ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। आज सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरको ३० करोडको भएको थियो।
सोमबार २४.३९ अंकले बढेसँगै नेप्से १९९८.८९ विन्दुमा पुगेको छ। आज ९५ लाख कित्ता सेयर ३ अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको थियो।
189
Shares

प्रतिक्रिया