खेल


खेल क्षेत्रको बजेट बढाउन जरुरीः नेता महत

खेल क्षेत्रको बजेट बढाउन जरुरीः नेता महत

फाइल फाेटाे


नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार २१:०, त्रिशूली (नुवाकोट)

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्नुपर्ने बताएका छन्। 

नुवाकोटको बट्टारमा शुक्रबार सुरु प्रथम स्वर्गीय ध्रुव अमात्य स्मृति कपको उद्घाटनमा उनले बजेट विनियोजनमा खेल क्षेत्र सधैँ अन्यायमा पर्दै आएकाले तीन तहकै सरकारबाट आगामी दिनमा बजेटको आकार दोब्बरले बढाउँदै लैजानुपर्ने बताएका हुन्। 

‘आगामी आवको बजेट विनियोजनमा खेल क्षेत्रमा बजेटको आकार बढाउँछौँ भनेर पूर्वउद्घोष गरिसकेका थियौँ’, उनले भने, ‘आवश्यकताअनुसार बजेटको सिलिङ पेस गर्न खेलकुद मन्त्रालयले कार्यदेश पाएको छ। यसबीचमा सरकार परिवर्तन भए पनि उक्त कार्यदेशको सम्बोधन हुनेछ भन्ने विश्वास छ।’

खेल क्षेत्रमा बढाइने बजेटबाट भौतिक संरचनाको निर्माण, नयाँ जनशक्तिको उत्पादन र राष्ट्रिय एकतामा सहयोग पुग्ने हुदाँ त्यसको नतिजा चौतर्फी रुपमा सकारात्मक आउने प्रवक्ता महतको भनाइ छ। 

उनले खेलकुदका गतिविधि बढाउन, खेल क्षेत्रलाई प्राथमिकता दिन र खेलाडीलाई आर्थिक रुपमा मजबुद बनाउ थप नयाँ कार्यक्रम ल्याउन तीनै तहमा रहेका सरकारलाई आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .