ad ad

खेल


बार्सिलोनाको ट्वीटर अकाउन्ट ह्याक, ह्याकरले भनेः नेमार बार्सा फर्कँदै

बार्सिलोनाको ट्वीटर अकाउन्ट ह्याक, ह्याकरले भनेः नेमार बार्सा फर्कँदै

नेपालखबर
फागुन ४, २०७६ आइतबार १०:२४,

बार्सिलोना ‘आवरमाइन’ नामक समूहको शिकार बनेको हो। ह्याकरले ट्वीटर ह्याक गरेर नेमार बार्सा फर्कने सम्भावना बलियो रहेको बताएको थियो।

फुटबल क्लब बार्सिलोनाले आफ्नो ट्वीटर ह्याक भएको पुष्टि गर्दै आवरमाइनको पोस्ट डिलेट गरेको जनाएको छ।

बार्साको ट्वीटर ह्याक भएको यो दोस्रो घटना हो। आवरमाइनले विश्वका चर्चित कम्पनीहरुको ट्वीटर ह्याक गरिसकेको छ।

सोही क्रममा बार्साको ट्वीटर ह्याक भएको हो। यसअघि अमेरिकी फुटबल क्लबहरुको ट्वीटर अकाउन्ट ह्याक गरेको आवरमाइनले फेसबुकको आधिकारिक ट्वीटर पनि ह्याक गरेको थियो।

आवरमाइनले ट्वीटर तथा फेसबुक अकाउन्टहरु ह्याकगर्दै साइबर सुरक्षा प्रणालीमा सुधार गर्न सुझाव दिदै आएको छ।

उसले साइबर सुरक्षा बलियो बनाउने भए आफूलाई सम्पर्क गर्न पनि बताउँदै आएको छ।

आवरमाइनले आफूले बार्साको ट्वीटर अकाउन्टका व्यक्तिगत म्यासेजहरु पढेको र बार्सामा नेमार फर्कने सम्भावना रहेको बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .