ad ad

खेल


दशरथ रंगशालामा ‘राइट टु प्रोटिन रन’ (तस्बिर)

दशरथ रंगशालामा ‘राइट टु प्रोटिन रन’ (तस्बिर)

सरोज नेपाल
चैत १०, २०८० शनिबार ८:५०, काठमाडौँ

नेपाल भेटेरिनरी संघले शनिबार काठमाडाैँस्थित दशरथ रंगशालामा ‘राइट टु प्रोटिन रन’ प्रतियोगिता आयोजना गरेको छ।

प्रतियोगितामा ७ हजारभन्दा बढी जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। 

दौडका ८ विधामा ७ हजार १९ प्रतिस्पर्धी छन्। 

हाफ म्याराथनको पुरुषमा १ हजार २ सय ६६ र महिलामा १ सय ८२ खेलाडी सहभागी भएका छन्। 

पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १ सय ६६ खेलाडी सहभागी छन्।

कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७ सय ९२ र महिला ३ किलोमिटर दौडमा ४ सय ७२ तथा ह्विलचेयरतर्फ पुरुष ४० र महिला २० खेलाडी छन्। 

हाफ म्याराथनतर्फ पुरुष-महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउने छन्।

पुरुष १० किलोटिमर दौडमा पहिलोदेखि पाँचौँ स्थानमा रहनेले क्रमश: ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने छन्।

कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा पहिलो हुने २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय नगद पुरस्कार राखिएको छ। 

बाँकी ४ विधामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले ५ हजार नगद पुरस्कार जित्ने छन् । उपरोक्त आठै विधाको नगद पुरस्कार कर बाहेकको हो ।

प्रोटिन पाउने अधिकारको मर्मलाई आत्मसात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो। यो तेस्रो संस्करण भएको आयोजकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .