पछिल्लो २४ घण्टामा देशका धेरै ठाउँमा वर्षा भएको छ।
यस अवधिमा सबैभन्दा धेरै वर्षा पोखरामा भएको छ। पोखरामा २३.२ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा देशभरको मौसम बदली भएको हो।
अहिले पनि देशका धेरै ठाउँमा छिटपुटदेखि हल्लाका वर्षा भइरहेको महाशाखाले जनाएको छ। पानी पर्ने क्रम अझै तीन दिनसम्म जारी रहने अनुमान छ।
अहिले काठमाडौँ उपत्यकामा पनि मौसम बदलीको अवस्था छ। गएराति देखि नै काठमाडौँमा वर्षा भइरहेको छ।
पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँमा १० मिलिमिटर वर्षा भएको छ।
त्यसैगरी धनकुटामा १७.७, ताप्लेजुङमा १३.८, जुम्लामा ११.५, ओखलढुंगामा ४.७ मिलिमिटर वर्षा भएको छ।
Shares
प्रतिक्रिया