ad ad

खेल


आरबीबी एनभीए च्याम्पियनसिप : पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा

आरबीबी एनभीए च्याम्पियनसिप : पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा

नेपालखबर
चैत ८, २०८० बिहिबार १७:४०, काठमाडौँ

सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेको छ।

आर्मीले अन्तिम चारमा स्थान बनाएसँगै पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।

अब प्रतियोगिताको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशले साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्टस् क्लबको सामना गर्नेछ।

दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र आर्मी खेल्नेछन्। दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ। महिलातर्फको भने तेस्रो स्थानका लागि खेल हुनेछ। तेस्रो स्थानका लागि चन्द्रागिरी न्यु डायमण्ड स्पोर्टस् क्लब र एपीएफ क्लब खेल्नेछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको पुरुषतर्फको अन्तिम क्वार्टरफाइनलमा सुुदरपश्चिम प्रदेशलाई ३–१ को सेटमा हराउँदै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो।

पहिलो सेटमा सुदूरपश्चिममाथि २५–१९ को सहज जित निकालेकोे आर्मीले दोस्रो सेट भने २२–२५ ले गुमाएको थियो। प्रतिस्पर्धात्मक तेस्रो सेट आर्मीले २५–२३ ले आफ्नो पक्षमा पार्यो। चौथो सेटमा २५–१७ को जित निकाल्दै आर्मी सेमिफाइनलमा पुगेको हो।

आजै भएको तेस्रो क्वार्टरफाइनलमा कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै पुलिस क्लब सेमिफाइनलमा पुगेको हो। एकपक्षिय खेलमा पुलिस क्लबले कोशी प्रदेशमाथि २५–१३, २५–१६ र २५–१३ को सहज जित निकालेको हो।

महिलातर्फ भने नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबले फाइनलमा स्थान पक्का गरिसकेका छन्। फाइनल खेल शनिबार हुनेछ।

दुवैतर्फको उपाधि विजेताले ५ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .