ad ad

खेल


आरबीबी एनभीए च्याम्पियनसिप : हेल्प नेपाल स्पोर्ट्स क्लब र एपीएफ क्वार्टरफाइनल प्रवेश

आरबीबी एनभीए च्याम्पियनसिप : हेल्प नेपाल स्पोर्ट्स क्लब र एपीएफ क्वार्टरफाइनल प्रवेश

तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत ६, २०८० मंगलबार १८:६, काठमाडौँ

साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र एपीएफ क्लब आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वार्टरफाइनलमा प्रवेश गरेको छन्।

हेल्प नेपाल समूह ए को विजेता र एपीएफ समूह बी को विजेताको रुपमा अन्तिम आठमा पुगेका हुन्।

मंगलबार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशमाथि पुनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। हारको बावजुद पनि सुदूरपश्चिम समूह उपविजेता बन्दै अन्तिम आठमा पुगेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबारको दोस्रो खेलमा सुदूरपश्चिमलाई ३–२ को सेटमा हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो।

सुरुवातको २ सेटमा पछि परेको एपीएफले त्यसपछिका तीन सेटमा रोमाञ्चक जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो।

एपीएफले पहिलो सेट २४–२६ र दोस्रो सेट १९–२५ ले गुमाएको थियो। तर त्यसपछिका तिन सेट २८–२६, २५–२२ र १५–१३ ले आफ्नो पक्षमा पारेको हो।

आजै भएको पुरुषतर्फको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै  हेल्प नेपाल समूह विजेताको रुपमा अन्तिम आठमा स्थान पक्का गरेको हो।

हेल्प नेपालको जितले कोशी प्रदेश पनि समूह उपविजेता बन्दै अन्तिम आठमा पुगेको हो। लगातार दुई खेलमा हार भोगेको ढोरपाटन भने प्रतियोगिताबाट बाहिरिएको छ।

हेल्प नेपालले ढोरपाटनलाई २५–१८, २५–१५ र २५–१४ को सोझो सेटमा पाखा लगायो।

हेल्प नेपालले क्वार्टरफाइनलमा समूह सी को उपविजेता बूढानीलकण्ठ भलिबल क्लबसँग खेल्नेछ। यो समूहको उपविजेता कोशीले समूह सी को विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ।

पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन्। समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन्।

समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब छन्। समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन्।

नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोली सहभागी छन्। दुवैतर्फको विजेताले ५ लाख तथा उपविजेताले २ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .