ad ad

खेल


मन्जुश्री ट्रेल रेस चैत २३ देखि, एक सयजना सहभागी हुने

मन्जुश्री ट्रेल रेस चैत २३ देखि, एक सयजना सहभागी हुने

मन्जुश्री ट्रेल रेसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन। तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत ६, २०८० मंगलबार १८:२३, काठमाडौँ

मन्जुश्री ट्रेल रेसको चौथो संस्करणको तयारी तीब्र पारिएको छ। आयोजक मन्जुश्री ट्रेल रेसले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै तयारी तीब्र पारिएको जानकारी दिएको हो।

आगामी २३ गते हुने मन्जुश्री ट्रेल रेसका लागि गत संस्करणको तुलनामा यो पटक रेसको स्थानलाई केही सहज बनाइएको ट्रेल रेसका सहायक निर्देशक जीवन लामाले बताए।

जीवन मन्जुश्री ट्रेल रेसको दोस्रो संस्करणका विजेता समेत हुन्। चौथो संस्करणमा भने उनी सहभागी नहुने बताए।

उनले भने, ‘यो पटक व्यवस्थापनमा आएको छु, त्यसैले यो पटक यतै ध्यान दिनेछु, अर्को संस्करणमा भने दौडनेछु।’

दौडका लागि यो पटक रुटमा पनि केही परिवर्तन गरिएको छ। चैत २३ गते बिहान ८ बजे इचंगुनारायण स्थित एक्ले रुखबाट सय माइलको दौड सुरु हुनेछ। यस्तै सोही दिन राति ८ बजे एक सय किलोमिटरको दौड झुलेबाट, चैत २४ गते बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट र मज्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस चैत २४ गते बिहान ८ बजे फर्पिङको डोल्लुबाट सुरू हुँदैछ।

यो ट्रेलमाण्डुको ५ स्टेज रेसको फाइनल खेल हो। यसमा १०० जना खेलाडीहरु सहभागी हुँदैछन्। चैत २४ गते कालुपाण्डे डाँडाबाट १० किमिको रेस शुरु भइ एक्लो रुखमा नै पुगेर सकिनेछ।

धावकहरुलाई सहज होस् भनेर १९ वटा चेक प्वाइन्ट राखिएको छ।

यो पटक सामाजिक कर्तब्य बहन गरेर रेसलाई अझ समावेशी बनाउन अप्रिल ६ मा २ किलोमिटरको विशेष रेस समेत आयोजना गर्दैछ। जसमा भिन्न रुपले सबल बालबालिकाहरुको रेस पनि आयोजना हुनेछ। नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सो रेसको आयोजना हुन लागेको हो। जसमा २० खेलाडी सहभागी हुँदैछन्।

यो पटक अघिल्लो संस्करणमा सहभागी भएका धावकहरुले पनि नाम दर्ता गराएका छन् केही धावक भने व्यक्तिगत कारण सहभागी हुन नसक्ने जानकारी गराएको आयोजकले जनाएको छ।

एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा आयोजना हुन लागेको चौथो संस्करणमा नाम दर्ता भैरहेको छ।

मन्जुश्री ट्रेल रेसको १०० माइल र १०० किलोमिटरको उत्कृष्ट ५ जनालाई एसिया ट्रेल मास्टर्समा सहभागी गराइनेछ।

ट्रेल रेसको चौथो संस्करणमा चाइना, फ्रान्स आदि देशका विश्व वरियातामा उच्च स्थानमा रहेका खेलाडी सहभागी हुने मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए।
मञ्जुश्री ट्रेल रेसको आयोजना मञ्जुश्री ट्रेल रेस नामक गैरसरकारी संस्थाले गर्दै आएको छ।

इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटीआरएबाट ६ अङ्क प्राप्त गर्छन्।

जुन आइटीआरए सम्बन्धित न्युनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ।

यो पटक ५ सय जना धावकहरु सहभागी हुने अपेक्षा गरिएको छ।

१ सय माइलको ट्रेल रेसमा २५ जना पुरुष र १५ जना महिलामध्य समान २० जना नेपाली र विदेशी धावक सहभागी हुने अपेक्षा आयोजकले राखेको छ।

यस्तै एमटीआर १ सय किमीमा ६०, ५४ कीमीमा १ सय जना सहभागी हुने आशा छ। स्टेज रेस फिनालेमा १ सय ५० जना तथा २४ कीमीमा १ सय ५० जना गरि कुल ५ सय जना धावक सहभागी हुने अपेक्षा छ।

१ सय ७० किलोमिटर रेसमा प्रथम हुनेले ६० हजार र दोस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्छन्। तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने अयोजकले जनाएको छ।

१ सय किलोमिटर रेसमा पहिलो हुनेले ४० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

५० किलोमिटर रेसमा प्रथम हुनेले ३० हजार, दोस्रोले १५ र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन्। केभिआर १०० स्टेज रेसको विजेताले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .