ad ad

खेल


केभिनले ईपीएल चौथो पनि काठमाडौंबाटै खेल्ने

केभिनले ईपीएल चौथो पनि काठमाडौंबाटै खेल्ने

नेपालखबर
फागुन २, २०७६ शुक्रबार ४:१६,

टेस्ट मान्यताप्राप्त आयरल्यान्डका अलराउन्डर केभिन ओ ब्रायनले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) पनि काठमाडौं किङ्स-११ बाटै खेल्ने भएका छन्।

यसअघिको तेस्रो संस्करण पनि ब्रायनले काठमाडौंबाट खेलेका थिए।

केभिनले ७ खेलमा १ सय ८४ रन बनाउदै ९ विकेट लिएका थिए। उनले ३ टेस्ट, १ सय ४५ ओडीआई र ९३ टी-ट्वान्टी आई खेलेका छन्।

केभिन आयरल्यान्डबाट टेस्टमा शतक प्रहार गर्ने पहिलो र एक्लो खेलाडी हुन्। उनले गत मेमा पाकिस्तानसँगको एक मात्र टेस्टमा १ सय १८ रनको शतकीय इनिङ खेलेका थिए।

१ सय ३३ ओडीआई इनिङमा केभिनले २ शतक र १८ अर्धशतकसहित कूल ३५ सय ४६ रन बनाएका छन्। ओडीआईमा उनले १ सय १३ विकेट लिएका छन्।

केभिन एकदिवसीय विश्वकपमा सर्वाधिक छिटो बलमा शतक पूरा गर्ने ब्याट्सम्यान हुन्। उनले सन् २०११ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक पूरा गर्दै कीर्तिमान बनाएका थिए।

टी-ट्वान्टीमा केभिनले १ शतक र ३ अर्धशतकसहित १५ सय ९२ रन बनाएका छन्। गत अक्टोबरमा हङकङविरुद्ध ६२ बलमा १२ चौका र ७ छक्कासहित १ सय २४ रनको इनिङ खेलेका थिए। टी-ट्वान्टीमा ५८ विकेट लिएका छन्।

यसपटक काठमाडौंले लेग स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई टोलीमा भित्र्याएको छ भने कप्तान सोमपाल कामी चितवन टाइगर्सलाई बेचेको छ।

यसै वर्षदेखि लागू भएको खेलाडी किनबेच नियमअनुसार सन्दीपलाई ललितपुर र दीपेन्द्रलाई चितवनबाट टोलीमा भित्र्याएको हो।

काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .