ad ad

खेल


हङकङ जाने नेपाली टोलीको बिदाइ

हङकङ जाने नेपाली टोलीको बिदाइ

हङकङ जाने नेपाली टोली/ तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन २४, २०८० बिहिबार १८:२३, काठमाडौँ

हङकङमा आयोजना हुने फ्रेन्डसिप कप तथा त्रिदेशीय टीट्वान्टी सिरिजमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले हङकङको राष्ट्रिय टोलीसँगको फ्रेन्डसिप कप तथा पपवा न्युगिनी, घरेलु टोली र नेपाल सहभागी रहने त्रिदेशीय टीट्वान्टी आई सिरिजमा सहभागी हुने नेपाली टोलीको बिदाई गरेको हो।

क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ।

क्यानले घोषणा गरेको टोलीमा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, ललितनारायण राजवंशी, आशिफ शेख, कुशल मल्ल लगायतलाई आराम दिएको छ। आकाश चन्दले भने पहिलो पटक टी–ट्वान्टी आई टोलीमा मौका पाएका छन्। लोकेश बमले लामो समय पछि टोलीमा पुनरागमन गरेको छन्।

सिरिजमा नेपालको पहिलो खेल फागुन २७ अर्थात मार्च १० मा घरेलु टोलीसँग रहेको छ। दोस्रो खेलमा पिएनजीसँग फागुन २९ अर्थात मार्च १२ मा खेल्नेछ।

समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। मार्च १३ अर्थात फागुन ३० मा सिरिजको फाइनल खेल हुनेछ। फाइनलमा स्थान बनाउँन नसकेको टोलीले तेस्रो स्थानको लागि हङकङ ए सँग खेल्नेछ। मार्च १३ अर्थात फागुन ३० मा तेस्रो स्थानको लागि खेल हुनेछ।

त्यसअघि फागुन २६ मा नेपालले हङकङविरुद्ध नै फ्रेन्डसिप कप खेल्ने छ। नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउँदै छ। नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन्। हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ।

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भन्डारी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, अभिनास बोहोरा, लोकेश बम, आकाश चन्द।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .