आगामी चैत्र दोस्रो साता नेपाली राष्ट्रिय क्रिकेट टोली र ए टोलीले टेष्ट राष्ट्र आयरल्यान्डको ए टोलीसँग टी–२० र एक दिवसीय खेल खेल्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आयरल्याण्डसँगको ८ खेलको तालिका सार्वजनिक गरेको हो।
तालिका अनुसार नेपालले आयरल्याण्डसँग चैत्र ११ देखि २५ गतेसम्म टी–२० र एक दिवसीय खेल खेल्नेछ।
नेपाल भ्रमणमा रहँदा आयरल्याण्डले सिनियर टोलीसँग २ टी–२० खेल्नेछ। सो खेललाई जुनमा हुने आईसीसी टी–२० विश्वकपको रुपमा हेरिएको छ।
नेपालको सिनियर टोली र आयरल्याण्डबीचको पहिलो टी–२० आई खेल चैत्र ११ गते हुनेछ। दोस्रो खेल १२ गते हुने तालिका छ।
यस्तै ए टोलीसँग ओडीआई र टी–२० गरि ६ खेल खेल्नेछ।
नेपालको ए टोली र आयरल्याण्डको ए टोलीबीचको पहिलो टी–२० खेल चैत १५ गते हुनेछ। दोस्रो खेल १६ गते र तेस्रो तथा अन्तिम खेल १७ गते हुनेछ।
तीन खेलको ओडीआईको पहिलो खेल चैत्र २१ गते हुनेछ। दोस्रो खेल २३ र अन्तिम खेल २५ गते हुनेछ तालिका छ।
यो खेलपछि नेपाली टोलीले गुजरातमा हुने गुजरात र बरोडासम्मिलित त्रिकोणात्मक सिरिज खेल्न भारत जाने तालिका छ।
गुजरात र बरोडासम्मिलित त्रिकोणात्मक सिरिज चैत्र १८ देखि २५ गतेसम्म खेल्नेछ। निकै व्यस्त तालिकामा रहेको नेपाली टोलीले सिरिज पछि एसीसी प्रिमियर कपका लागि ओमान जानेछ।
Shares
प्रतिक्रिया