ad ad

खेल


नेपाललाई सुरुवाती धक्का, एकै ओभरमा दुवै ओपनर आउट

नेपाललाई सुरुवाती धक्का, एकै ओभरमा दुवै ओपनर आउट

फाइल तस्बिर


नेपालखबर
फागुन १९, २०८० शनिबार १३:३८, काठमाडौँ

टी-२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले एकै ओभरमा दुवै ओपनर गुमाएको छ।

नेपालका लागि ओपनिङमा आएका कुशल भुर्तेल तेस्रो ओभरको तेस्रो बलमा १२ रन बनाउँदै क्याच आउट भए।

त्यसपछि तेस्रो ओभरको पाँचौँ बलमा अर्का ओपनर आशिफ शेख पनि केबल ८ रनमै बोल्ड आउट भएका छन्।

सामान्य लक्ष्य पछ्याएको नेपालका लागि यो सुरुवाती झट्का भएको छ।

दुवै ओपनर आउट भएपछि अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुलशन झा आएका छन्।

ताजा अवस्थामा नेपालले ४ ओभर खेल्दै २ विकेटको क्षतिमा २८ रन बनाएको छ। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ३ बल अगावै १ सय २० रन बनाउँदा अलआउट भयो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .