टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले टोलीमा तीन परिवर्तन गरेको छ।
टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेदरल्यान्ड्सस्विरुद्धको खेलबाट तीन खेलाडी परिवर्तन गरेका हुन्।
अघिल्ला दुई खेलमा शून्य रनमा नै आउट भएका कुशल भुर्तेल आजको खेलमा बेन्चमा छन्। उनको स्थानमा अनिल शाह आएका छन्।
यस्तै सन्दीप जोरा र ललित राजवंशीको स्थानमा अविनास बोहोरा र आशिफ शेख सुरुवाती ११ मा आएका छन्।
नेपालको सुरुवाती ११
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल मल्ल, अविनास बोहोरा, आशिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, करण केसी, अनिल शाह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ।
312
Shares
प्रतिक्रिया