ad ad

खेल


विश्वकप लिग-२ : नामिबियाविरुद्ध दोस्रोपटक भिड्दै नेपाल, पहिलो हारको बदला लिने योजना

विश्वकप लिग-२ : नामिबियाविरुद्ध दोस्रोपटक भिड्दै नेपाल, पहिलो हारको बदला लिने योजना

फाइल तस्बिर


नेपालखबर
फागुन ९, २०८० बुधबार ७:२१, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा बुधबार नेपाल नामिबियासँग दोस्रोपटक भिड्दै छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग ४ विकेटले हारेको थियो। आज नेपाल त्यो हारको बदला लिन चाहन्छ।

नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल १ सय ३२ रनमै अलआउट भएको थियो। 

नामिबियाविरुद्धको पहिलो खेलमा टोलीमा नरहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अहिले समेटिएकाले नेपाल बलियो बनेको छ। घरेलु मैदानमा दर्शकको साथ पाएको नेपाली टोली उच्च मनोबलमा मैदान उत्रनेछ।

पहिलो खेलमा नामिबियासँग पराजित नेपाल दोस्रो खेलमा भने नेदरल्यान्ड्सलाई ९ विकेटले हराउन सफल भएको थियो। नेपाल लगातार दोस्रो जित दर्ता गराउने योजनामा छ। 

उता नामिबिया पनि पहिलो खेलमा झैँ फेरि जित्न चाहन्छ। सिरिजको दोस्रो खेलमा भने नामिबिया नेदरल्यान्ड्सँग ७ विकेटले हारेको थियो। 

हेड टु हेड 
आईसीसी विश्वकप लिग-२ मा नेपाल र नामिबियाबीच ५ खेल भएका छन्। तीमध्ये नेपाल २ खेलमा विजयी र २ खेलमा पराजित भएको छ भने १ खेलको नतिजा आउन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .