ad ad

समाज


सन्दीपले गराए शल्यक्रिया

सन्दीपले गराए शल्यक्रिया

अपरेसनपछि सन्दीप लामिछाने


नेपालखबर
फागुन ९, २०८० बुधबार ७:४१, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेले शरीरमा निस्किएका ट्युमर (लाइपोमा) को शल्यक्रिया (अपरेसन) गराएका छन्। 

उनी निकट स्रोतका अनुसार लामिछानेले काठमाडौँको सिल्भरलाइन हस्पिटलमा मंगलबार साँझ लाइपोमाको शल्यक्रिया गराएका हुन्। 

लाइपोमा भनेको शरीरमा रहेको नरम तन्तुमा आउन सक्ने बोसोको साधारण डल्लो (ट्युमर) हो। लामिछानेको शरीरका विभिन्न भागमा ७ वटा गाँठा थिए। त्यसैलाई अपरेसन गरेर हटाइएको हो। 

सन्दीपले लाइपोमाको दोस्रोपटक शल्यक्रिया गराएका हुन्। यसअघि पनि उनले यसको अपरेसन गराएका थिए। 

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले ८ वर्षको कैद सजाय सुनाएयता सन्दीप चिन्तामा पनि छन्।

अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट गतिविधिबाट वञ्चित गरेपछि हाल उनी घरमै बसिरहेका छन्।

जिल्ला अदालतको फैसलाविरुद्ध उनी उच्च अदालतमा पुनरावेदन गर्ने अन्तिम तयारीमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .