ad ad

खेल


विभागीय डर्बीमा आर्मीलाई पराजित गर्दै एपीएफले निकाल्यो पहिलो जित

विभागीय डर्बीमा आर्मीलाई पराजित गर्दै एपीएफले निकाल्यो पहिलो जित

नेपालखबर
भदौ २२, २०८१ शनिबार १५:३०, काठमाडौँ

विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लबले एन्फा महिला लिगमा पहिलो जित दर्ता गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा एपीएफले आर्मीलाई २-१ गोल अन्तरले पराजित गर्‍यो। पहिलो हाफको 'इन्जुरी समय'मा सविता रानामगरको गोलमा एपीएफले सुरुवाती अगता बनाएको थियो। 

तर खेलको ५६ औँ मिनेटमा विमला चौधरीको गोलमा आर्मी खेलमा फर्किएको थियो। खेलको ६७ औँ मिनेटमा डिफेन्डर गिता रानाको पेनाल्टी गोलमा एपीएफले पुनः अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा एपीएफले महिला लिगमा पहिलो जित दर्ता गरेको हो। 

एपीएफले पहिलो खेलमा पुलिस क्लबसँग बराबरी गर्दै अंक बाँडेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .