ad ad

खेल


पलेशालाई उद्योग वाणिज्य महासंघले दियो ३ लाख

प्रशिक्षकलाई १ लाख २५ हजार र व्यवस्थापकलाई ७५ हजार
पलेशालाई उद्योग वाणिज्य महासंघले दियो ३ लाख

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १७:४९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार पारालिम्पिकमा तेक्वान्दोमा कांस्य पदक जितेकी २१ वर्षीय पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ। 

महासंघले गोवर्धनलाई तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख २५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो। 

गोवर्धन पारालिम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई बधाइ दिँदै यसरी सम्मान गर्न पाउँदा खुसी लागेको बताए। 

उनले महासंघका सदस्य एवं सम्पूर्ण निजी क्षेत्रलाई प्रतिभावान् खेलाडि गोवर्धनलगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथासम्भव सहयोग बढाउन पनि आग्रह गरे। 

‘नेपाली युवाहरु प्रतिभावान छन्’, उनले भने, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकार संगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्धनमा सहयोग पुर्याउनुपर्छ।’

गोवर्धनले २०२४ पेरिस पारालिम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको सुरुवात गरेकी छिन्। यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो। 

गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने ढकालले बताए। 

महिलाहरूको ५७ के.जी. के–४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक हात पारेकी थिइन्। 

पेरिस पारालिम्पिकमा गोवर्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकालको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .