ad ad

खेल


वाफ च्यम्पियनसिप : नेपालको विजय सुरुवात

वाफ च्यम्पियनसिप : नेपालको विजय सुरुवात

फाइल फोटो


नेपालखबर
फागुन ८, २०८० मंगलबार २१:५१, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियामा सुरु वाफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

मंगलबार किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ को गोल अन्तरले हराउँदै नेपालले च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको हो।

खेलको पहिलो हाफमा ३–१ ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल थप्यो।

नेपालको जितमा अमिसा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक गोल गरे। एक गोल भने सिरियाले उपहार स्वरुप पायो।

खेलको १० औँ मिनेटमा अमिसाले १८ यार्डबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको हो। १२ औँ मिनेटमा अनिता बस्नेतको कर्नर प्रहार सिधै गोलमा परिणत भएपछि नेपालले २–० ले अग्रता बनाएको हो।

खेलको १९ औँ मिनेटमा अमिसा कार्कीको क्रसमा सावित्रा भण्डारीको गोलमा नेपालले ३–० को अग्रता बनाएको छ।

खेलको ४३ औँ मिनेटमा आत्मघाति गोलमा सिरिया ३–१ को अवस्थामा आयो।

सिरियाकी कप्तान नुर मोस्तफाको फ्रिकीक प्रहार जोगाउन गोललाइनबाट अघि बढेकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले गल्ती गर्दा डिफेन्डर गिता रानालाई लाग्दै बलले पोष्टको गति लिँदै गोलमा परिणत हुन पुग्यो।

पहिलो हाफमा तुलनामा दोस्रो हाफको सुरुवातमा केही कमजोर प्रर्दशन गरेको नेपालले अन्तिम समयतिर भने आक्रमण बुनेको थियो।

६९ औँ मिनेटमा सावित्रा भण्डारीको क्रसमा रेखा पौडेलले गोल गरिन्।

खेलको इन्ज्युरी समयमा नेपालका लागि दुई खेलाडीले डेब्यु गरे। पहिलो पटक टोलीमा परेका सरस्वती हमाल, चन्द्रा भण्डारीले नेपालका लागि डेब्यु गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .