ad ad

खेल


ओडीआईमा सूर्यलाई पहिलो विकेट

ओडीआईमा सूर्यलाई पहिलो विकेट

नेपालखबर
माघ २७, २०८० शनिबार १२:१३, काठमाडौँ

ओडीआईमा सूर्यलाई पहिलो विकेट तीन खेलको एक दिवसीय (ओडीआई) सिरिजअन्तर्गत क्यानडाविरुद्धको दोस्रो खेलमा सूर्य तामाङले पहिलो विकेट लिएका छन्।

क्यानडाविरुद्धको पहिलो खेलमा डेब्यु गरेका सूर्यले दोस्रो खेलमा आएर विकेट लिएका हुन्। सूर्यले हर्ष ठाकरलाई ३ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए।

त्यसअघि कप्तान रोहितले एकै ओभरमा दुई विकेट लिएका थिए। कप्तान रोहितले ३१.५ ओभरमा निकोलस किर्तनलाई २० रनमा आउट गराए।

कप्तान रोहितले त्यही ओभरको दोस्रो बलमा पारगत सिंहलाई ३८ रनमा क्याच आउट गराए। ३८ बलमा ६ चौका हाने पारगत रोहितको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। 

ओपनर आरोन जोनसन २२.२ ओभरमा ६५ रन बनाउँदा रन आउट हुँदै पेभेलियन फर्के। ६२ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे। 

आकाश चन्दले १८.२ ओभरमा ओपनर नवनित डालिवाललाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै ठुलो साझेदारी तोडेका थिए। नवनितले ६० बलमा ४६ रन बनाएर पेभेलियन फर्के। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको क्यानडाले ३४.५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ९३ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .