तीन खेलको एक दिवसीय सिरिजका लागि नेपाल भ्रमणमा रहेको क्यानडाका दुवै ओपनर पेभेलियन फर्केका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको क्यानडाले दुई विकेट गुमाएको छ।
ओपनर आरोन जोनसन २२.२ ओभरमा ६५ रन बनाउँदा रन आउट हुँदै पेभेलियन फर्के।
६२ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे।
त्यसअघि आकाश चन्दले १८.२ ओभरमा ओपनर नवनित डालिवाललाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै ठूलो साझेदारी तोडेका थिए।
नवनितले ६० बलमा ४६ रन बनाएर पेभेलियन फर्के।
228
Shares
प्रतिक्रिया