ad ad

खेल


साढे दुई वर्षपछि मैदान फर्कंदै पारस खड्का

साढे दुई वर्षपछि मैदान फर्कंदै पारस खड्का

नेपालखबर
माघ २६, २०८० शुक्रबार १९:२९, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का सन्न्यासको साढे २ वर्षपछि मैदान फर्कने भएका छन्।

रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा निर्माण भइरहेको एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन गर्न आयोजित खेलमा पूर्वकप्तान पारस खड्का मैदान उत्रने भएका हुन्।

२०७९ को साउन १९ गते सन्न्यास घोषणा गरेका पूर्वकप्तान खड्का खेल जिवनबाट व्यवस्थापनमा आइसकेका छन्। क्यानको निर्वाचनबाट सचिवमा निर्वाचित हुँदै व्यवस्थापनमा आएका खड्का सन् २०१४ को विश्वकप खेलेको टोलीसँगै फेरि एकपटक मैदानमा देखिनेछन्।

पारसले सन् २०१४ को टोलीको कप्तानी गर्दा क्रिकेटका अर्का लेजेण्ड तथा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्राण्ड एम्बासडर शक्ति गौचत टोली सदस्यका रुपमा सँगै खेल्नेछन्।

मैदान उद्घाटका क्रममा चार टोलीले खेल्नेछन्। सन् १९९६ देखि हालसम्मका खेलाडीलाई मैदान उतार्ने योजनामा आयोजक लागि परेको छ।

सन् १९९६ को टोलीको कप्तानी एलबी क्षेत्रीले गर्नेछन्। सन् २०१४ को टोलीको कप्तानी पारस खड्का र रुपन्देही लिजेन्ड्सको कप्तानी हरि थापाले गर्नेछन्। रेस्ट अफ नेपालको कप्तानी कलाम अलिले गर्ने सम्भावना छ।  

खड्काले भने, ‘मैले अब सन्न्यासपछि कहिले क्रिकेट खेल्छु भन्ने सबैको प्रश्न हुन्थ्यो, एक्स्ट्राटेकको उद्घाटनमा त्यो अवसर जुरेको छ। त्योभन्दा ठूलो नयाँ मैदान नेपाली क्रिकेटले पाएको छ।’

एक्स्ट्राटेकले आफ्नै प्रयासमा क्रिकेट मैदान निमार्ण गर्नु प्रशंसनीय रहेको खड्काले सुनाए।

एक्स्ट्रा टेक प्रालिले निमार्ण गरिरहेको क्रिकेट मैदान निमार्णको कार्य अन्तिम चरणमा पुगेको छ। अष्टे«लियामा व्यवसाय गरिरहेका विनोद कुवँरको निजी लगानीमा मैदान निर्माणको कामले तिव्रता पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .