क्यानडाविरुद्ध तीन खेलको ओडीआई सिरिजको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल पनि आउट भएका छन्।
१७ बलमा १ चौकाको मद्दतमा ८ रन बनाएका कप्तान पौडेल १५औँ ओभरको तेस्रो बलमा क्याच आउट भए।
त्यसअघि पहिलो विकेटका रुपमा ओपनर आरिफ शेख पनि क्याच आउट भएका थिए। आरिफ दसाैँ ओभरको पहिलो बलमा ८ रन बनाउँदा नै आउट हुन पुगे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले १५ ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ७१ रन बनाएर खेलिरहेको छ।
ओपनर कुशल भुर्तेल ५१ रनमा नटआउट छन्। चौथो नम्बरमा भीम सार्की ब्याटिङमा आएका छन्।
129
Shares
प्रतिक्रिया